स्पेनिस ला लिगा अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले माल्लोर्का लाई ५ १ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाका लागि सुरुवाती गोल फेरान टोरेजले खेलको १२ मिनेटमा गरेका थिए भनेृ माल्लोर्काका भेडाटले ४३ मिनेटमा गोल फर्काएका हुन ।
पहिलो हाफमा १ १ गोल बराबरीले टुंगिएकोमा दोस्रो हाफमा बार्सिलोनाले अरू चार गोल थपेको थियो। खेलको ५६ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले पेनाल्टीमा र ७४ मिनेटमा अर्को गोल थपेका थिए। ७९ मिनेटमा डि जोङ र ८४ मिनेटमा भिक्टरले गोल गरेका गर्दै जारी सिजनको १६ खेलमा १२ खेल जित्दा बार्सिलोनाले ३७ अंक बटुलेर शीर्ष स्थानमा रहेको छ।
बार्सिलोनालाई चुनौती दिने क्रममा दुई खेल कम खेलेको रियल म्याड्रिडको ३३ अंक रहेको छ भने माल्लोर्का भने १६ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको हो।