काठमाडौँमा शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिग एनपीएलमा आज कुनै पनि खेल नभएको हो । आज स्थानीय तहको उपनिर्वाचनका कारण खेल नराखिएको नेपाल क्रिकेट काउन्सिल क्यानले जनाएको छ ।
आजको खेल राख्दा क्रिकेट मैदान कीर्तिपुरमा असर हुने भएकाले भोलिलाई सारिएको हो । कीर्तिपुर नगरपालिकाको मेयर पदमा आज मतदान हुँनेभएकोले आजलाई खेल नराखिएको र भोलि सोमबार भने दुई खेल खेलिने भएको छ । क्यानका अनुसार भोलि पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोज्बीच हुनेछ
। दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेभएको हो। पहिलो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ मा सुरु हुनेछ। त्यसपछि समूह चरणका सबै खेल दैनिक दुईवटा खेलिने छन । सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा कूल २८ खेल हुने भएको हो ।