स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभिया माथि ५ १ गोल अन्तरको जित हासिल गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २ २ गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए भने सेभियाका लागि स्टानिशले एक गोल गरेका हुन ।
यो जितपछि बार्सिलोनाको १० खेलमा २७ अंक सहित लिगको शिर्ष स्थान कायमै रखेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १० खेलमा २४ अंक रहेको हो । त्यसैगरी सेभियाको भने १० खेलमा १२ अंक सहित लिगमा १३औ स्थानमा रहेको छ ।