सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज

नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २ ० ले अगाडि रहदै सिरिज आफ्नो नाममा लेखाउन सफल रहेको र नेपालले हारको संघारमा रहेर यस खेलमा विजयी हासिल गरेको हो । अब सोमबार हुने अन्तिम खेल भने औपचारिक हुनेछ ।

डलासमा भएको खेलको सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लि नेपालको जितमा सोमपाल कामी नायक बनेका हुन । सोमपालले चार बलमा दुई विकेट लिए भने अन्तिम दुई बलमा लगातार विकेट हात परेका हुन । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिकेका थिए । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए ।

यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल डाई भएको हो । जसदीप सिंह अन्तिम बलमा रनट आउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रहेका हुन । अमेरिकाकोलागि आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए भने गुसले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरेका थिए ।

Advertisement

अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यस मौकालाई हात भने पार्न नसकेका हुन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरेका थिए ।

नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो ।

नेपालको सुरुवात भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो ।

कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई दुई विकेट लिए । नेपाल पहिलो ट्वान्टी(२० १७ रनले विजयी रहेको थियो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement