सुनसरीको दुहवी नगरपालिकाबाट बालिकालाई अपहरण गर्ने तीन जना पक्राउ

सुनसरीको दुहवी नगरपालिकाबाट मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीया नाबालिकालाई अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका छन । मोरङको विराटनगर महानगरपालिका वडा नं ६ का ५० वर्षीयको संजय पासवानले घरमा कोहि नभएको थाहा पाएपछि सो बालिकालाई उठाई लिएर गएको हुँदा निजको खोजतलाश गरी पाउँ भनी व्यहोराको हुलिया निवेदन इलाका प्रहरी कार्यालय दुहवीमा दिएकोले प्रहरीले उजुरीका अधारमा तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोरङ विराटनगर वडा न ६ रामपुरका ५० वर्षीय संजय पासवान, कटहरी गाउँपालिका वडा नं ६ घर भई हाल विराटनगर वडा न १० स्थितमा डेरा गरी बस्ने ५० कलानन्द पासवान र सोही ठाउँकी ४० सरिता पासवानलाई कानून बमोजिम पक्राउ गरीएको हो । तीनै जनालाई सुनसरी जिल्ला अदालतमा पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement