सुनसरीको कार्कीछापबाट प्रतिबन्धित लागूऔषध गाजासहित तीन जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका(२० स्थित कार्कीछापबाट प्रतिबन्धित लागूऔषध गाजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनकुटाको शहिदभूमी गाउँपालिकाबाट जंगलको बाटो गाजा तस्करी गरि धरानतर्फ आउँदै गर्दा उनीहरु प्रहरीको फन्दामा परेका हुन्। पक्राउ पर्नेमा उपमहानगरपालिका(११ स्थित बिष्णु चोक बस्ने २५ वर्षीय नकुल राई, २६ वर्षीय सानु राई धरान(१८ को २० वर्षीय प्रज्वल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट २ सय ८८ केजी लागू औषध गाँजा, तीनवटा तरबार र स्टिलको पाइप एक थान बरामद गरिएको उनले बताए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट सातदिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान कार्य भइरहेको छ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement