सिराहा स्थित कर्जन्हा नगरपालिकाका पूर्वमेयर पासवानसहित पाँचजना भ्रष्टार मुद्दामा दोषी ठहर

सिराहा जिल्लाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृत सहित पाँचजना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले मुद्दामा मेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरिएको छ।

बैजनाथ यादवलाई अनुचित लाभ लिएको आरोपमा २१ लाख ६० हजार रुपैयाँ जरिवाना तोकिएको छ। दोषी ठहर गरिएका सबैको सजाय १० मंसिरमा निर्धारण गरिने बताइएको छ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ चैत ०८० मा उनीहरूलाई आर्थिक हानि–नोक्सानी पु¥याएको आरोपमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार र बुधबारको सुनुवाइपछि यो फैसला सुनाएको हो।

कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८ ७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। तर, उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो।

उक्त आदेशको बेवस्था गर्दै मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको हो।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान हुँदा कार्यालय स्थानान्तरणको प्रक्रिया अधूरै थियो, जसले सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरेको ठहर अदालतले गरेको छ।

स्थानीय तहको केन्द्र परिवर्तनको निर्णय बिना वडा नम्बर ५ मा भवन निर्माणका लागि ०७८ माघमा ठेक्का आह्वान गरिएको थियो र नगरपालिकाले पेस्की स्वरूप एक करोड आठ लाख रुपैयाँ ठेकेदारलाई प्रदान गरेको थियो, तर ठेकेदारले काम नगरेको पुष्टि भएको हो ।

त्यसका बाबजुद पनि नगरपालिकाले निर्माण कम्पनीको जमानत जफत नगरेको देखिएको छ, जसपछि विशेष अदालतले सजाय निर्धारणको मिति तय गरेको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement