सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु

सिरहा नगरपालिका वडा नम्बर ९ गुलरियामा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ तामासुइयाका ३२ वर्षीय रंजित मुखिया रहेका छन् ।

उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय अरबेन्द्र यादव र ३७ वर्षीय रामबाबु साह घाइते भएका हुन् । मोटरसाइकलको नम्बर खुल्न नसकेको र अबेर राति दुर्घटनामा परेको हो । स्थानीय र प्रहरीले घाइते दुबै जनालाई प्रादेशिक अस्पताल सिरहा पुर्याएका थिए भने त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर स्थित न्यूरो अस्पताल लगिएको छ ।

घाइते दुबै जनाको अबस्था गम्भीर रहेको छ भने उनीहरुको टाउँकोमा चोट लागेको हो । चोहर्वा तीरबाट सिरहा सदरमुकाम पुग्न लाग्दा चार लेन समाप्त भएर सडक साघुँरो भएको ठाउँमा दुर्घटना भएको थियो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement