सिरहामा महिला समूहद्धारा दुई लघुवित्तमा आगजनी

सिरहामा दुई लघुवित्त संस्थामा महिला समूहले आगजनी गरेका छन् । गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त र जीवन विकास लघुवित्त चोहर्वा शाखामा महिला समूहले आगजनी गरेका हुन । आगजनीको क्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरण जलेर नष्ट भएका छन् ।

२० जनाको समूहमा आएका महिलाहरूले सिर्जनशील लघुवित्तको कार्यालयभित्रै दुई थान ल्यापटप र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएकाहुन । श्रेष्ठका अनुसार दुई तीन जनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासी कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएका थिए ।

यसैगरी जीवन विकास लघुवित्तमा पनि दुई वटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएका बताइएको हो । सरकार र संघर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू संघर्षमा जान बाध्य भएको उक्त समितिका अध्यक्ष अर्जुन विश्वकर्माले बताएकाछन । आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिएकाहुन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement