सिरहामा आज दिनभर विद्युत् अवरुद्ध हुने

सिरहामा शनिबार ९ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा आज बिहान ८ देखि साँझ ५ बजेसम्म नौ घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो।

प्राधिकरणले सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार लहान फिडर अन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका(१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् प्रभावित हुने भएको छ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सञ्चालन गर्ने प्रयास रहने जानकारी गराएको हो।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement