सिरहाको गोलबजारमा एक महिलाको हत्या, श्रीमान् घाइते

सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो । सिलौटो ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिरहाका प्रहरी उपरीक्षक एसपी सन्तोष आचार्यले बताएका छन । उनका अनुसार अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो । मृतक अनिताका पति समेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे मात्र यो घटना विषयमा प्रहरीले जानकारी पाएको थियो । घटनास्थलमा एसपी आचार्यको टोली पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको एसपी आचार्यले जानकारी दिएका छन । घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement