साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६ ० को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो ।
नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले सम्मान १ १ गोल गरेका हुन ।
नेपाल र भुटानको समान ७ ७ अंक भएपनि गोलअन्तरमा नेपालले १ गोलले अघि रहँदै समूह विजेता बनेको हो ।
अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १ ३० बजे बंगलादेश र भुटानबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा साँझ ५ ३० बजे नेपाल र भारत भिड्नेछन् ।
पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हाफको सुरुवाती समयमा नै पाँचौ गोल गरेका हुन । त्यसपछि भने नेपालले अर्को गोल थप्न लगातार आक्रमण सिर्जना गरेपनि अग्रता बढाउन नसकेको हो । इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङले हेडर मार्फत गोल गर्दै नेपालको ६ ० को जित पक्का भएको थियो ।