साढे ८ किलो गाँजासहित एक युवती पक्राउ

साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । बर्दियाको मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ पक्राउ परेकी हुन् ।

उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन ।

श्रेष्ठले गाजा भारत लैजान लाग्दै थिइन् । उनी लागुऔषध कारोबारीको भरिया हुन् वा मूख्य नाइके हुन् खुलन बाँकी छ । उनीविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement