सवारी शाखा अधिकृत रञ्जित मुख्यमन्त्री सिंहको नजिकको व्यक्ति भएकाले भ्रष्टाचार गदै आएको आरोप

वीरगञ्ज स्थित सानो सवारी शाखा, मोटरसाइकल फाँटका अधिकृत रञ्जित साहमाथि घुस माग्ने र सेवाग्राहीहरूलाई दुःख दिने गरेको गम्भीर आरोपहरू लागेका छन् । सेवाग्राहीहरूले बताए अनुसार, साहले आफैँ वा बिचौलिया मार्फत घुस रकम असुली कार्यमा संलग्न रहेका हुन । मोटरसाइकल ब्लुबुक प्रतिलिपिमा एक हजारदेखि दुई हजार र सनाखत नामसारी प्रक्रियामा दुई हजारदेखि तीन हजारसम्म असुलेर काम गरिरहेको आरोप लागेको हो ।

सेवाग्राहीहरु अनुसार साहले मोटरसाइकल नामसारी प्रक्रियामा कानुनी प्रक्रिया बेवास्ता गर्दै मनोमानी गरेको दाबी गरेका छन् । मिति २०८१ भदौ २ गते ना ४३ प २१८५ नम्बरको मोटरसाइकल नारायणगढ निवासी विश्वा शाहीबाट कीर्तिपुर १५ काठमाडौँ निवासी अञ्जित खडकाको नाममा सनाखत नामसारी गरिएका थुप्रै प्रमाणहरू सार्वजनिक भएका छन् ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ अनुसार, सवारी नामसारी गर्दा विक्रेता र खरिदकर्ताले कार्यालयमा उपस्थित भई प्रक्रिया पुरा गर्नु पर्ने हो तर, अधिकृत साहले कुनै पनि प्रक्रिया पुरा नगरी घुसको बलमा दर्जनौँ सनाखत नामसारी गरेको पाइएको हो ।

Advertisement

उक्त भ्रष्टाचार प्रकरणमा वीरगञ्ज यातायात कार्यालय प्रमुख कमल गौतमलाई धोका दिँदै साहले आफ्नो कार्य अगाडि बढाएको स्रोतले बताएको छ । साहको दरबन्दी गौर यातायात कार्यालयमा भए तापनि, उनी काजमा वीरगञ्ज आएका हुन् ।

उनी मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नजिकको व्यक्ति भएको दाबी गर्दै भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप रहेको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री सिंहले आफ्नो मोबाइल फोन नउठाएको जानकारि हाएको हो ।

यसबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरूमा भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको भए पनि, वीरगञ्जका अधिकृत साहमाथि आवश्यक कारबाही अघि नबढाउँदा सेवाग्राहीहरू मार्कामा परेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement