सर्लाही सशस्त्र प्रहरी बल द्धारा २७ लाखभन्दा बढी मूल्यको पटाका बरामद

सर्लाही सशस्त्र प्रहरी बलले २७ लाखभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरेको छ । मलंगवा नगरपालिका ४ गणेशियास्थित चिम्नी नजिकको टहरामा लुकाइ छिपाइ राखिएको पटाका बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रहरी उपरीक्षक बिनोदराज खनालले गणबाट खटिएको टोलिले गणेशियास्थित चौरमा जस्ताको टहरामा शंका लागेर चेकजाँच गर्दा ठूलो मात्रामा पटाका बरामद भएको हो ।

दिपावली लक्षित गरी तस्करहरूले पटाका भित्र्याएको हुनसक्ने प्रहरीले जनाएको छ भने बरामद भएको पटाकामा नागिन, भुइचम्पा, सुतली बम, रकेट लगायतका छन् जसको बजारमुल्य २७ लाख ७७ हजार ५५२ रुपैया रहेको छ ।
बरामद भएको सो पटाका आवश्यक कानुनी प्रक्रिया पुरा गरी नस्ट गरिने उपरीक्षक खनालले बताएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement