सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीय द्वारा आगजनी

सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएपछि ठक्कर दिने बसलाई स्थानीयले जलाएको हो । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको थियो । घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement