सर्लाहीमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका १७ वर्षीय निशान्त थापामगर रहेका छन् ।

शनिबार दिउँसो निशान्त साथीहरूसँग पौडी खेल्न गएका मगर ईश्वरपुर नगरपालिका–५ फुलजोर खोलाको पूर्वी किनारमा रहेको स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको ठूलो खाल्डोमा उनी पौडी खेल्ने क्रममा डुबेका थिए । प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खाल्डोमा डुब्दा उनको शव खोज्न निकै कठिनाई भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट आएको गोताखोर टोलीले निशान्तको शव फेला पारेका हुन । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ भने घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement