सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सवारी ज्यान, कुटपिट र चोरी मुद्दाका फरार प्रतिवादीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा खडक नगरपालिका ७ का चोरी मुद्दाका प्रतिवादी रामनारायण साह, वडा नम्बर ८ का सवारी ज्यान मुद्दाका देवकान्त चौधरी र वडा नम्बर ४ का कुटपिट मुद्दाका भागावन्ती पासवान पक्राउ परेका छन् ।

Advertisement

उनीहरुलाई जरीवाना र कैद भुक्तानका लागी शुक्रबार सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement