सप्तरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आइतबार सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामस्वरुप मण्डलका ९ बर्षीय छोरी प्रियंका मण्डलको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
शनिबार साँझ पूजा कोठामा धुप लगाउने क्रममा उनलाई सर्पले डसेपछी उपचारका लागि तत्कालै कल्याणपुर स्थित सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । नेपाली सेना बरख गणद्धारा संचालित सर्पदंश उपचार केन्द्रमा रातभरी उपचार गरिए पनि बालिकाको अवस्था गम्भीर भएपछि सिरहाको चोहर्वा स्थित नेपाली सेनाद्वारा संचालित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको थियो ।

कल्याणपुर उपचार केन्द्रले आइतबार विहान रेफर गरी पठाएको छोरीको चोहर्वा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतका बुवा रामस्वरुप मण्डलले बताएका छन । मृतक बालिकाको आइतबारै अन्त्यष्टी गरिएको परिवारजनले जनाएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement