सप्तरीमा भर्‍याङबाट लडेर एक सहायक प्रहरी हवल्दारको मृत्युु

सप्तरीमा बुधबार विहान भर्‍याङबाट लडेर एक सहायक प्रहरी हवलदारको मृत्यु भएको छ । सर्लाही बलरा नगरपालिका १० सिंह टोल घर भई ईलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत बर्ष ३३ को सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको भर्‍याङबाट लडेर मृत्यु भएको हो । राति १० बजे डियुटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक बुधबार विहान ३ः४० मा भर्‍याङबाट लडेर तल झरेको इलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ । डियुटीमा रहेका सेन्ट्रीले आवज सुनेपछि तत्कालै स्थानीय जीवन ज्योति हस्पिटल प्रा।लि।मा उपचारका लागि भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै छिन्नमस्ता हस्पिटल राजविराज पठाएकोमा हस्पिटलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बिसनपुर सप्तरीमा दरबन्दी भइ सिंह इलाका प्रहरी कार्यालय बोदेबर्साइनमा कार्यरत थिए । मृतक सहायक प्रहरी हवलदारको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको तथा आफन्त आएपछि पोस्टमार्टम गराएर जिम्मा लगाउने सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताएका छन । घटना बारे थप अनुसन्धान भई रहेको उनले जानकारी दिएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement