सप्तरीमा छोराको बञ्चरो प्रहारबाट बुबाको मृत्यु

सप्तरीमा छोराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी बिबादमा सप्तकोशी नगरपालिका ३ का ४५ वर्षीय हिराइ सदाको हत्या भएको हो । उनका छोरा २२ वर्षीय लालदेव सदाले बन्चरो घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन । बुवालाई बन्चरो प्रहार गर्दै गरेको देखेर बचाउन गएका छिमेकी दशन सदा माथि समेत लालदेवले आक्रमण गरी घाईते बनाएको र उनको फत्तेपुर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको डिएसपी रायले जानकारी दिएका छन । आईन्दा कुटपिट र झै– झगडा नगर्ने शर्तमा अभिभावकको रोहबरमा प्रहरीबाट छाडिएका लालदेवले त्यसको १२ घण्टा नबित्दै आफ्नै बुवाको हत्या गरेका हुन । मदिरा तथा लागू औषधको कुलतमा फसेका लालदेवलाई सो कुलत त्याग्न र झै–झगडा नगर्न सम्झाउन खोज्दा आवेशमा आएर अचानक बन्चरो प्रहार गर्न थालेको स्थानीयहरुले बताएका छन । बन्चरो प्रहार गर्ने लालदेवलाई बन्चरो सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement