सप्तरीको शम्भुनाथमा प्रधानाध्यापक चौधरीको जन्मदिनको अवसरमा २ सय जना छात्रछात्राहरुलाई नि शुल्क टाई र बेल्ट वितरण गरेको छ । शम्भुनाथ नगरपालिका १२ स्थित जनता आधारभूत विद्यालय सतवेदहामा वुधवार छात्रछात्रालाई टाइ र वेल्ट वितरण गरिएको हो ।
कार्यक्रममा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा तथा शम्भुनाथ नगरपालिकाका कार्यवाहक मेयर अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच प्रधानाध्यापक चौधरीको आफनो व्यक्तिगत लगानीमा खरिद गरि २ सय जना छात्रछात्राहरुलाई टाई र बेल्ट वितरण गरिएको विद्यालयले जनाएको छ ।
टाई बेल्ट लिन कार्यक्रममा सहभागी छात्रछात्राहरु । कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष संजय कुमार साह, राष्ट्रिय प्राथमिक विद्यालय राजपुरका प्रधानाध्यापक रामअशिष राय ,शिक्षक धनेश्वर मण्डल,शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा श्रोत व्यक्ति शिक्षक योगेन्द्र प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष राधेश्याम मण्डल , शिक्षक सत्य नारायण चौधरी , मुनिलाल मण्डल, देव नारायण साह, अशोक मण्डल ,पशुराम मण्डल ,श्याम कुमारी चौधरी , सितलाजु चौधरी, आश्रा चौधरी र वविता मण्डलसहित अभिभावकहरुको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सीता चौधरीले गरेकी थिइन ।


Add a Comment