सप्तरीको रुपनीमा निर्माण सामाग्री खरिदमा लाखौं अनियमितता

सप्तरीको रुपनी गाउँपालिकामा निर्माण सामाग्री खरिद तथा विभिन्न शिर्षकमा लाखौं अनियमितता भएको खुलासा भएको छ त्यस्तै ऎन नियमावलीको प्रावधान विपरीत विभिन्न कर्मचारीलाई अमानतबाट कार्य गराई १२ लाख रुपियाँ बराबरको अनियमितता गरेको हो।
गाउँपालिकाले निर्माण सामाग्री खरिद सहित विभिन्न शिर्षकमा गरी ११ लाख ९९ हजार ४ सय १८ रुपियाँ अनियमितता गरेको महालेखा परिक्षकको प्रतिबेदन २०७९ ०८० ले ठहर गरेको हो ।

महालेखा प्रतिबेदन अनुसार कार्यालय सहयोगी उपेन्द्र प्रसाद यादवले ४५ हजार ५ सय ९० र २६ हजार ९ सय ९२ गरी ७२ हजार ५ सय ८२, स्वास्थ्य छैठौं सिअहेव राजनारायण यादवले ८० हजार २ सय ७३, प्राविधिक सरोज कुमार मण्डल खत्वेले ९३ हजार ९ सय ९७, रोजगार संयोजक राजेश्वर प्रसाद यादवले ७० हजार ५ सय २०, फिल्ड सहायक इन्द्रदेवा यादवले ७८ हजार ३ सय २७ रुपियाँ विभिन्न मर्मत सम्भारको नाउँमा अनियमितता गरेका छन् ।

यसैगरी कानुनी प्रावधान सम्बन्धि तालीमको नाउँमा अमिन कृष्ण कुमार इसरले १ लाख, भेटेनरी पशु सम्बन्धि औषधि खरिद शिर्षकमा ओभिओटी प्राविधिक सुन्दर कुमार सरदारले ९९ हजार ९ सय ८५, भैपरी खर्च वडा नम्बर २ का सचिब श्रवण कुमार साहले ५९ हजार १ सय ३४, मुर्तिघर सरसफाइ तथा साँस्कृतिक कार्यक्रम वडा नम्बर ४ का सचिब विरेन्द्र मेहताले १ लाख, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वडा नम्बर ५ का सचिब राम ओतार यादवले १ लाख र स्वास्थ्य चौकी बसविट्टी भवन वायरिङ्ग काममा रु ५० हजार गरी १ लाख ५० हजार, स्वास्थ्य चौकी भवनमा रंगरोगन वडा नम्बर ५ का कास सुशील कुमार यादवले ९७ हजार ६ सय, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वडा नम्बर ६ का तत्कालीन सचिब मनोज कुमार साहले १ लाख र वडा नम्बर ६ अन्तर्गत विधुत पोलहरुमा विधुत जडान सामाजिक परिचालक अमृत लाल चौधरीले ९७ हजार रुपियाँ अमानतबाट कार्य गरी अनियमित खर्च गरेको महालेखाले ठहर गरेको हो।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement