सप्तरीको महुली बजारमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय रामचन्द्र मेहताको घरमा बुधबार मध्यरातमा आगलागी भएको हो । आगलागीमा परि खाद्यन्न, लत्ताकपडा, फर्निचर, ग्याससिलिन्डर,चुल्हो र घर पुर्ण रुपले जलेर नष्ट भएको छ ।

रामचन्द्रका बुवा बस्दै आएको घरमा रामनवमीको असारमा साँझमा पुजा गरि राखिएको दियोबाट आगो सल्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगो ग्यास सिलिन्डरमा सल्किएपछी नियन्त्रणमा लिन समय लागेको थियो ।

सिलिन्डर पड्किएर ठूलो आवाज आउँदा स्थानीय त्रसित भएका थिए । आगो कन्चनरुप नगरपालिकाबाट आएको बारुण यंत्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीमा ५ लाखभन्दाबढीको क्षति भएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement