सप्तरीको जन्डोलमा ने. वि. प्रा.को आय काउन्टर मधेश प्रदेश प्रादेशिक कार्यालय का निर्देशक ठाकुर द्वारा उद्दघाटन सम्पन्न

कञ्चनपुर वितरण केन्द्र सप्तरी अन्तर्गतको जन्डोल आय काउन्टर ने वि प्रा मधेश प्रदेश प्रादेशिक कार्यालय का निर्देशक श्री मुनिन्द्र ठाकुर द्वारा उद्दघाटन सम्पन्न भएको छ।
केन्द्र प्रमुख अरुण कुमार साह ले यस आय काउन्टर बाट अग्नि साईर कृष्ण सरबन गाउँपालिका सम्पूर्ण ग्राहक, तिरहुत गाउँपालिका वडा ५ र कञ्चनपुर नगरपालिका का केही स्थान गरी करिब १२००० ग्राहक प्रत्यक्ष लाभानबित हुने जानकारी दिएका छन।यस वितरण केन्द्र को प्राविधिक प्रमुख जुही झा ले स्वागत मन्तव्य मा अब ग्राहक ले मासिक समयमै घर नजिकै काउन्टर मा गयी आ आफ्नो बिजुली को महसुल समयमा तिरी २ पर्सेन्ट क्षुट लिन सक्ने आशा व्यक्त गरेका छन।

अनलाइन पेमेन्ट गर्न नजानेको समुदायले कम रकम को बिल तिर्न बढी पैसा यातायात खर्च मा बेहोर्नु परेको जनगुनासो कै कारण यस आय काउन्टरको स्थापना भएको र आर्थिक ,मानसिक र शारिरिक घण्टौं बिल तिर्न लाइन बस्नु पर्ने समस्याको अन्त्य भएको जिकिर प्राविधिक प्रमुख झा ले बताए ।
उद्घाटन कार्यक्रम अग्नि साईर कृष्ण सबरन गाउँपालिका का अध्यक्ष दीनानाथ चौधरी, उपाध्यक्ष कल्पना चौधरी,त्यसै गरी तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव,ने वि प्रा बोदेबर्साइन् वितरण केन्द्र का केन्द्र प्रमुख सम्योग वि। क ,अग्नि साईर कृष्ण सबरन गाउँपालिका वडा १ र ४ का वडा अध्यक्ष क्रमसः सब्जुल मिया र तेज नारायण यादव , सोही गाउँपालिका का कर्मचारी योगेन्द्र यादव ,महुली लघुवित्त सहकारी संस्था का निर्देशक प्रभु नारायण चौधरी, सामजिक अभियन्ता प्रकाश मेहता कञ्चनपुर वितरण केन्द्र का लेखा प्रमुख कल्पना चौधरी, सहायक इन्जिनियर उपेन्द्र महतो, प्रशासन प्रमुख श्यमानन्द चौधरी , माछापुछ्रे बैंकका शाखा महुली का प्रबंधक र बहुसंख्यक स्थानीय बासीको समेत उपस्थिति रहेको थियो।

त्यस्तै महुली लघुवित्त सहकारी संस्था का निर्देशक प्रभु नारायण चौधरी ले कञ्चनपुर वितरण केन्द्रले ३१ भूमिहिन सुकुम्बासी भूमिहीन दलितहरु को सुरक्षित आवासको लागि २५ के। भी। ए को ट्रान्सर्फमर सहित विद्युत लाईन विस्तार गरी निःशुल्क मीटर उपलब्ध गराएको मा प्राधिकरण ले सामजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेकोमा धन्यवाद अर्पण गरेका छन ।
कार्यक्रम मा उपस्थित गाउँपालिका का अध्यक्ष दीनानाथ चौधरी द्वारा अग्नि साईर कृष्ण सरबन गाउँपालिका किसानको सिंचाई मिटरको सम्पूर्ण महसुल को रकम पालिका ले तिरिदिने घोसना समेत गरेका छन। यस क्षेत्र मा भएको विद्युत चुहावट न्यूनियनिकरण गर्न सबै पालिका का जनप्रतिनिधिले प्राधिकरणलाई समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement