सन्त रामपालजीको ७४औँ अवतरण दिवसमा १० नव जोडीहरुको दाइजोमुक्त सामुहिक विवाह सम्पन्न

धनुषा जिल्लाको मिथिला न पा २ बेलाचापी स्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ७४ औँ अवतरण दिवसको उपलक्ष्यमा मनाइने अवतरण दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ। सन्त रामपालजी महाराजको ७४ औं अवतरण दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्धारा भाद्र २१ देखी २३ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रमको आज दोस्रो दिन भाद्र २२ गते शनिबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरिएको थियो। ८ सेप्टेम्बर १९५१ मा समाज सुधारक परम सन्त रामपालजी महाराजको जन्म भएको शुभ दिनको सम्झनामा यो दिवस हरेक वर्ष ८ सेप्टेम्बरमा मनाइने गरिन्छ ।

सन्त रामपालजी महाराजको पावन सन्ध्यामा सन्त गरिबदासजी महाराजद्वारा रचित अमर ग्रन्थ साहेबको पाठ जारी राख्दै १० नव जोडिहरुको दाइजो तथा आडम्बर मुक्त विवाह रमैणी गराइएको हो। यस विवाहमा कुनै प्रकारको सरसामान नगद लेनदेन भएको छैन भने कुनै पक्षको एक रुपैयाँ पनि खर्च नभएको हो । सर्व आगन्तुकहरुलाई खाने बस्ने व्यवस्था आश्रम कै तर्फबाट विशाल भन्डारामा गरिएको थियो। मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवी देवताहरुको साक्षीमा लाखौं व्यक्ति हरुसामु उक्त विवाह सम्पन्न भएका हुन।
समाजबाट दाइजोरुपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् । यस कार्यक्रममा अनुयायीहरुले नेपाल रेडक्रस सोसाइटीलाई १७० युनिट रक्तदान पनि गरेका छन् ।

कार्यक्रममा मधेस प्रदेशका सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत विभिन्न न पा का मेयर तथा वडा अध्यक्षहरु,विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायत गणमान्य व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रहेको थियो । कार्यक्रममा कबिर साहेबको संघर्षको पुरै घट्नाहरु चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि लगाइएको हो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम तथा आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् । यो कार्यक्रम, व्यवस्थापन र अनुशासन त राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको कुरा अतिथीहरुले बताएका हुन ।

Advertisement

जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि शुल्क भोजन भण्डारा गराउन तयार रहेको आयोजकले बताएका छन् यसका साथै धेरै भन्दा धेरै संख्यामा आम जन साधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरि नै रहेका छन। तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । आयोजकका अनुसार कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थित रहेको थियो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement