सतलोक आश्रम धनुषामा एकै साथ भयो ८ नव जोडीहरुको दाइजोरहित विवाह

धनुषाको मिथिला न.पा. – २ मा स्थित सतलोक आश्रम धनुषामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजको बोध दिवसको उपलक्ष्यमा चैत्र ६ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको अमर ग्रन्थ साहेबको अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधबार अनुयायीहरु द्वारा हजारौं युनिट रक्तदान तथा ८ नव जोडीहरुको दाइजोरहित रमैणी विवाह सम्पन्न भएको छ। सन्त गरीबदासजी महाराजलाई वि.सं. १७८३ मा आज कै दिनमा पूर्ण परमात्मा कबीर साहेबजीले जिन्दा बाबाको भेषमा प्रकट भएर भारतको हरियाणा प्रान्त स्थित छुडानी गाउँको चौरीमा रहेको जण्डी वृक्षको फेदमा बसेर मन्त्र उपदेश दिनुभएको थियो । कबीर साहेबबाट मन्त्र दिक्षा प्राप्त गरेको दिनको सम्झनामा उहाँको बोध दिवस मनाइन्छ।मन्त्र उपदेश पश्चात बालक गरीबदासको आत्मालाई लिएर कबीर साहेबजीले जिवितमै सतलोक तथा ब्रह्मा,विष्णु,शिव,धर्मराजको लोक लगायत अन्य सर्व लोकहरु देखाउनुभएको थियो। ३ दिन बितेपछि मृत भनेर जब बालक गरीबदासलाई चितामा राखेर जलाउन लागेका थिए तब उहाँको आत्मालाई फिर्ता पठाउनुभएको थियो र उहाँ चितामै जिवित हुनुभएको थियो।

आश्रममा यसरी गराइएका दाइजो तथा आडम्बर रहित विवाहमा कुनै किसिमको दाइजो, नगद लेनदेन नभएको र विवाहमा आगन्तुक सबैलाई आश्रम बाटै शुद्ध घ्युमा बनेको हलुवा,लड्डु,बर्फी, जेरी प्रसाद तथा अन्य परिकारहरुको व्यवस्था भोजनको रुपमा गरिएको आयोजकले जनाएको छ। समाज सुधार र परोपकारका कार्यहरुमा जहिल्यै पनि सन्त रामपालजी महाराजका अनुयायीहरु अग्रसर रहने र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई बढाउँदै लैजानुका साथै समाजलाई छिट्टै नै सर्व विकृतिमुक्त बनाउने दाबी आयोजकले गरेका छन् ।

Advertisement

चैत्र ६ गते पाठ प्रकाश आरती गरी प्रारम्भ भएको यस कार्यक्रममा नेपाल,भारत भुटान लगायत अन्य विभिन्न देशहरुबाट गरी लाखौंको संख्यामा श्रद्धालुहरुको सहभागीता रहेको थियो। यस अवसरमा विश्वभर ११ वटा ठूलाठूला आश्रमहरुमा यो भव्य कार्यक्रम भैरहेको आयोजकले जनाएको छ।

गरीबदासजी सँग संबंधित मुख्य घट्नाहरुलाई दर्शाउनका लागि आध्यात्मिक प्रदर्शनीको पनि लगाइएको छ जसमा विभिन्न चित्रहरु हुबहु घट्ना भए जस्तै देखिन्छन् र त्यस घट्नाक्रमलाई बुझाउन सेवादारहरु पनि खटाइएका छन् ।

उक्त कार्यक्रम विभिन्न सञ्चार माध्यम का साथै थुप्रै सामाजिक सञ्जालहरुमा प्रत्यक्ष प्रशारण भईरहेको छ र कार्यक्रमको अन्तिम दिन चैत्र ८ सम्म पनि प्रत्यक्ष हेर्न सकिने आयोजकले जनाएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement