सतलोक आश्रम धनुषामा एकै साथ भयो १० नव जोडीहरुको दाइजोरहित विवाहसतलोक आश्रम धनुषामा एकै साथ भयो १० नव जोडीहरुको दाइजोरहित विवाह

धनुषाको मिथिला न।पा। ( २ मा स्थित सतलोक आश्रम धनुषामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा उहाँको ३७ औं बोध बोध दिवस र कबीर परमेश्वरको ५०६ औं निर्वाण दिवसको उपलक्ष्यमा फाल्गुन ५ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको सन्त गरीबदासजीको अमर ग्रन्थको खुल्ला पाठ तथा विशाल भन्डारा कार्यक्रमको आज तेस्रो दिन अनुयायीहरु द्वारा ७२ युनिट रक्तदान तथा १० नव जोडीहरुको दाइजोरहित रमैणी विवाह सम्पन्न भएको छ। यस कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो। सन्त रामपालजी महराजले आफ्ना पुज्य गुरु स्वामी रामदेवानन्दजी महाराजबाट सन् १९८८ फरवरी १७ को दिन मन्त्र दिक्षा प्राप्त गरेको दिनको सम्झनामा उहाँको बोध दिवस र सन् १५१८ मा कबीर परमात्माले भारतको उत्तर प्रदेशको मगहर भन्ने स्थानमा काशीका राजा विरदेव सिंह बघेल, मगहरका राजा बिजली खान पठान, उनका हजारौं सैनिकहरु एवम् त्यहाँका धार्मिक गुरु र लाखौं आम नगरिकहरुको सामुन्ने बाट सशरीर निजधाम सतलोक प्रस्थान गर्नुभएको दिनको स्मृतिमा कबीर परमेश्वरको निर्वाण दिवस मनाईन्छ। आश्रममा यसरी गराइएका दाइजो तथा आडम्बर रहित विवाहमा कुनै किसिमको दाइजो, नगद लेनदेन नभएको र विवाहमा आगन्तुक सबैलाई आश्रम बाटै शुद्ध घ्युमा बनेको प्रसाद तथा अन्य परिकारहरुको व्यवस्था भोजनको रुपमा गरिएको आयोजकले जनाएको छ। समाज सुधार र परोपकारका कार्यहरुमा जहिल्यै पनि सन्त रामपालजी महाराजका अनुयायीहरु अग्रसर रहने र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई बढाउँदै लैजानुका साथै समाजलाई छिट्टै नै सर्व विकृतिमुक्त बनाउने दाबी आयोजकले गरेका छन् ।

फाल्गुन ५ गते पाठ प्रकाश आरती गरी प्रारम्भ भएको यस कार्यक्रममा नेपाल,भारत भुटान लगायत अन्य विभिन्न देशहरुबाट गरी तेस्रो दिन सम्ममा ३ लाख भन्दा बढी श्रद्धालुहरुको सहभागीता रहेको थियो। यस अवसरमा विश्वभर ११ वटा ठूलाठूला आश्रमहरुमा यो भव्य कार्यक्रम भैरहेको आयोजकले जनाएको छ।

Advertisement

दुवै पर्व सँग संबंधित मुख्य घट्नाहरुलाई दर्शाउनका लागि आध्यात्मिक प्रदर्शनीको पनि लगाइएको छ जसमा विभिन्न चित्रहरु हुबहु घट्ना भए जस्तै देखिन्छन् र त्यस घट्नाक्रमलाई बुझाउन सेवादारहरु पनि खटाइएका छन् ।

उक्त कार्यक्रम विभिन्न सञ्चार माध्यम का साथै थुप्रै सामाजिक सञ्जालहरुमा प्रत्यक्ष प्रशारण भईरहेको छ र कार्यक्रमको अन्तिम दिन फाल्गुन ८ सम्म पनि प्रत्यक्ष हेर्न सकिने आयोजकले जनाएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement