श्रीराम तिलकोत्सवमा माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री

सीता राम विवाह पञ्चमी अन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव भएको छ। तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका छोटा महन्त राम रोषण दास र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेको हो । अयोध्या पुगेका उक्त टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका हुन् ।

राम सेवकपुरम् अयोध्यामा तिलकोत्सव समारोह गरिएको र माता सीताको अभिभावकको भूमिकामा मुख्यमन्त्री सिंह र छोटा महन्त दास रजलक पुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह बसेका हुन्।श्रीराम मन्दिर ट्रष्टका सचिव चम्पत राय भगवान श्रीरामको अभिभावकको भूमिकामा छन् । दुवैतर्फका प्रतिनिधिलाई राखेर पण्डितले मन्त्रोचारण गरी तिलकोत्सव गरेको हो ।

विवाह अगाडि बेहुलीको आफन्त बेहुलाको घर पुगेर तिलकोत्सव गरिने चलन रहेको छ । त्रेता युगमा भगवान श्रीराम र माता सीता बीच विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुर धाममा हरेक वर्ष विवाह पञ्चमी विशेष धुमधामका साथ मनाइने गरिन्छ ।

Advertisement

भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान रामको जन्मभूमि रहेकोले त्यहाँबाट हरेक पाँच पाँच वर्षमा जनकपुर धाम जन्ती आउने गरेका छन । यसवर्ष पनि अयोध्याबाट जन्ती आउने भएका हुन ।

विवाह पञ्चमी मंसिर २१ गते परेको छ । अयोध्याबाट जन्ती मंसिर १८ गते आइपुग्नेछन भने जन्ती चार दिन जनकपुरधाममा बसेर मंसिर २२ गते अयोध्या फर्किनेछन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement