शहीद परिवार द्धारा मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन

मधेश आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन्। मधेश आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए।

सात वर्ष आगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रि परिषद्को बैठकले शहिद परिवारका एक जनालाई रोजगार दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्य आन्दोलित भएका हुन्।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्य सहभागी भएका थिए भने उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका हुन्।

Advertisement

शहिद परिवारका सदस्य राम नरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रि परिषद्को निर्णय कार्यान्वयन गर्न पटक पटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो ब्यक्त गरेका छन ।

उनका अनुसार बाउन्न शहिद परिवारका एक एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरे पनि सात वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको बताएका छन । केही शहिद परिवारलाई मात्र करारको जागिर दिइएको मा उनीहरूलाई समेत हटाउन खोजिएको उनले बताएका हुन।

यादवले भने, ‘सरकारले गरेको निर्णयअनुसार सबै शहिद परिवारका एक एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने हामीले माग राखेका हौ ।’ माग पूरा नगरे आफूहरू पनि सहादत दिने यादवले चेतावनी समेत दिएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement