वीरगन्जमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा २५ बर्षिय पटेलको मृत्यु

वीरगन्जमा बिहीबार बिहान तिब्र गतिमारहेका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किर भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेल रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियामा बिहीबार बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ ना ३१ प ३८३५ नम्बरको मोटरसाइलकका चालक पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पटेलको वीरगन्ज हेल्थकेयर हस्पिटलमामा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए। उक्त दुर्घटनामा ना १८ प ९८१६ नम्बरको मोटरसाइकलका चालक मौजे सिर्सियाकै १५ बर्षिय कन्हैया चर्तुवेदी, २० बर्षिय आकाश पटेल र १५ बर्षिय सामा पटेल घाइते भएका छन् । घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनिहरु अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको उनले जनाए ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement