वीरगन्जको आदर्शनगर रंगशालामा फुटबल खेल्ने क्रममा एक बालकको मृत्युु

वीरगन्जको आदर्शनगर रंगशालामा खेल्ने क्रममा फुटबल गोलपोष्टको फलामे पोल खसेर लाग्दा एक बालकको मृत्यु भएको हो ।मृत्युु हुनेमा बाराको बारागढी गाउँपालिकाको खोपवामा स्थायी घर भई हाल वीरगन्ज १६ नगवामा बस्दै आएका १२ वर्षीय उज्वल चौधरी रहेका छन् ।

उज्वल वीरगन्जको मुनलाईट माद्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत गर्ने विधार्थी थिए।वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी बरिस्ठ नायब निरीक्षक सुरेन्द्र टेरका अनुसार, सोमबार साँझ आदर्शनगर रंगशालामा खेल्न गएको बेला गोलपोष्टको फलामे पोल लडेर उज्वलको जीउमा पर्दा उनको मृत्यु भएको हो ।
उज्वलको शव मंगलबार नारायणी अस्पतालमा पोष्टमार्टम गरेपछि परिवारजनले बुझेर लगेको टेरले जानकारी दिएका छन।घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement