वीरगञ्ज प्रहरीले गर्यो करिब पाँच करोड मूल्य बराबरको भेप बरामद

वीरगञ्जबाट प्रहरीले ठूलो परिणाममा इलेक्ट्रिक चुरोट अथार्त भेप बरामद गरेको छ। वीरगन्ज महानगरपालिका ६ मा रहेको रेलवे रोडबाट पर्सा प्रहरीले १५ हजार २ सय थान भेप बरामद गरेको हो।

यति ठूलो परिणाममा भेप बरामद गरेको यो पहिलो पटक भएको पर्सा प्रहरीले बताएका छन।बरामद भेपको बजार मूल्य करिब ४ करोड ८६ लाख २४ हजार ८०० रुपैयाँ रहेको पर्सा प्रहरीले जनाएको हो।

गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि छापा मार्दा डाँफे ट्रान्सपोर्टबाट ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताएका हुन भने बरामद हरेक कार्टुनमा २ सय पीस भेप रहेको हो।

Advertisement

भन्सारबाट बरामद भएको थोरै थान भेपका आधारमा खोजी गर्दै जाँदा यति धेरै भेप बरामद भएको प्रहरी प्रमुख ढुंगेलले बताएका छन।

रेल्वेरोड बस्ने रामप्रसाद बैरेको घरमा कोठा भाडामा लिएर भारत विहारका सुदामा प्रसादले अनाधिकृतरूपमा उक्त भेप भण्डारण गरेको ढुंगेलले दाबी गर्दै बरामद भेप बारे थप अनुसन्धान सुरु भएको पर्सा प्रहरीले जनाएको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement