वीरगञ्जमा श्री शिरडी साई बाबा मन्दिरको छैटौ वार्षिक उत्सव हुने

वीरगञ्जको गीता मन्दिरस्थित श्री शिरडी साई बाबा मन्दिरले आफ्नो छैठौं वार्षिक उत्सव धूमधामका साथ मनाउने भएको छ। यस अवसरमा मन्दिर सेवा ट्रस्टद्वारा आयोजित शोभा यात्रा तथा भण्डारामा सम्पूर्ण भक्तजनलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको हो ।

कार्यक्रम यहि मिति कात्तिक ६ गते , मंगलवारका दिन आयोजना हुने भएको छ। मन्दिरका अध्यक्ष हीरा साह कानुले सबै भक्तजनलाई शोभा यात्रामा सहभागी भई पुण्यको भागी बन्न आग्रह गरेका छन्। साथै, वार्षिक उत्सवको अवसरमा हुने भण्डारा महा प्रसादका लागि दान गरी पुण्य कमाउन सकिने जानकारी पनि गराएका हुन्।

कार्यक्रमको शुभारम्भ मंगलवार बिहान ८ बजे पालकी शोभा यात्राबाट हुनेछ। त्यसपछि ९ ३० बजे पूजाआजा, ११ ३० बजे जोत कार्यक्रम, र १२ ३० बजे भण्डारा महाप्रसाद वितरण गरिनेछ भने १२ ३० बजेपछि सत्संग, भजन र कीर्तनको कार्यक्रमको समेत आयोजना गरिएको ब्यवस्थापन समितीले जनाएको हो।

Advertisement

मन्दिरका प्रमुख संरक्षक निरज कुमार सर्राफका अनुसार यस वर्षको उत्सव विशेष रूपमा भक्तजनहरूका लागि समर्पित गरिएको र कार्यक्रमलाई सफल बनाउन सबै भक्तजनलाई सहभागी हुन आह्वान गरिएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement