विष्फोटमा परी भारतमा एक नेपालीको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे जिल्लास्थित मावल तालुकमा रहेको एउटा निर्माण फर्ममा भएको विष्फोटमा परी घाइते भएका एक नेपालीको मृत्यु भएको छ । २२ वर्षीय अजयकुमार बजरंगी प्रसाद मौर्यको उपचारको क्रममा मृत्यु भएको इन्डियन प्रेसले जनाएको हो ।

मृतक मौर्य परान्दवाडीमा सवारी साधनको स्पेयर पार्ट्स बनाउने कम्पनीमा काम गर्ने र सोही कम्पनीको परिसरमा बस्दै आएका थिए ।बिहीबार मौर्यले खाना पकाउन चुल्हो बाल्न रासायनिक पदार्थ प्रयोग गरेको स्थानीय प्रहरीले जनाएको छ । तर, उक्त पदार्थ विस्फोट हुँदा उनी गम्भीर घाइते भएका र उनलाई उपचारको लागि नजिकैको अस्पताल लगिएको थियो ।

अस्पतालमा सर्जरी भइरहेको बेला उनको मृत्यु भएको हो । यस सम्बन्धमा सिरगाउँ प्रहरी चौकीमा आकस्मिक मृत्युको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement