विश्वकप छनोट अन्तरगत ब्राजिलले बराबरी खेल्दा अर्जेन्टिना पाराग्वेसँग पराजित

फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलले भेनेजुएलासँग एक एक गोलको बराबरी खेलेको छ ।

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान मोनागासमा भएको खेलमा ब्राजिल घरेलु टोली भेनेजुएलासँग १ १ गोलको बराबरी खेलेको हो । ब्राजिलले खेलको ४३ औँ मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो तर भेनेजुएला लगत्तै खेलमा फर्किन सफल भएको हो । टेलास्को सेगोभियाले पहिलो हाफको अन्त्यमा नै बराबरी गोल फर्काएका हुन । खेलको ६२ औँ मिनेटमा भिनिसियस जुनियर पेनाल्टीमा चुकेपछि ब्राजिल जितबाट बञ्चित भएको हो ।

भेने जुएला खेलको अन्त्यतिर १० खेलाडीमा सीमित हुन पुगेको हो । भेने जुएलाका अलेक्जेन्डर गोन्जा लेजले ८९ औँ मिनेटमा रातो कार्ड खाएका थिए तर उक्त अवसरको फइदा भने ब्राजिलले उठाउन सकेन ।

Advertisement

बराबरी नतिजाका बाबजुद ब्राजिलको विश्वकप छनोट यात्रा लयमा फर्काएको हो उक्त नतिजापछि ब्राजिल १७ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।
यो नतिजापछि ब्राजिल १७ अङ्कका साथ तेस्रो स्थानमा उक्लेको छ । भेनेजुएला १२ अङ्कका साथ सातौं स्थानमा अवस्थित रहेको छ ।

उता अर्को खेलमा भने विश्वकप फूटबलको साविक विजेता अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । पाराग्वेले अर्जेन्टिनालाई २ १ गोल अन्तरले हराएको हो ।

लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर अर्जेन्टिना अग्रता जोगाउन असफल भएका हुन । पाराग्वेका एन टोनिओ साना ब्रिआले १९ औं मिनेटमा बराबरी गोल गरे । त्यस्तै ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल थपेका थिए ।

पराजित अर्जेन्टिना २२ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । पाराग्वे १६ अङ्कसहित छैटौं स्थानमा छ भने
त्यस्तै अर्को खेलमा इक्वेडरले बोलिभियालाई ४ ० गालले हराएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement