आउँदो २१ गते जनकपुरधाममा आयोजन हुने विवाहपँचमी महोत्सवको क्रममा निःशुल्क भण्डाराको आयोजना गरेको पूर्ण ब्रहम कविर उपासक समाजको कार्यक्रमको अनुमति रद्द गरिएको छ । गत मँसिर ६ गते जनकपुरधाम उपमहानगरपालिकाले विवाहपँचमीको अवसरमा निःशुल्क रुपमा भण्डारा गर्ने कार्यक्रमको लागि अनुमति मागेकोमा हिन्दु सम्राट सेनाले विरोध जनाएपछि भण्डारा कार्यक्रमको अनुमति रद्द गरिएको हो ।
विवाहपँचमीको लागि जनकपुरको रँगभूमि मैदान बाह्रविघामा भण्डाराको लागि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजकुमार केशीले अनुमति दिएका थिए भने हिन्दु सम्राट सेनाले निःशुल्क भण्डाराको नाममा ज्ञान गँगा किताब बाँडने कार्यक्रम हुने र यसले विरोध हुने भनेपछि जनकपुरधामका मेयर मनोज कुमार साहले सो अनुमति रद्द गरेका हुन् ।
सुरक्षा र विवादलाई ध्यानमा राख्दै मेयर साहले बाह्रविघामा हुने भनिएको सँत रामपालका नुवायीहरुको निःशुल्क भण्डाराका कार्यक्रमको अनुमतिलाई रद्द गरिएको सूचना दिएको हो ।
ज्ञान गँगा नामक किताबमा हिन्दु धर्मबारे अफवाह फैलाइएको भन्दै हिन्दु सम्राट सेनाहरुले किताब बाँडन नदिने अडान लिएका हुन् भने गत बर्ष समेत रामपालका अनुवायीहरुमाथि उनीहरुले दमन गरेका थिए ।
नेपाल धर्म निरपेक्ष राष्ट्र रहेकोमा सर्वधर्म लाई सम्मान गर्ने भनिएपनि कुनै धर्म ग्रन्थ, विश्वासको विरुद्ध अफवाह फैलाइको प्रति आपत्ति जनाउँदै किताब बाँडन नदिने जनाएका छन ।