विराटनगरमा रामनवमीको र्‍यालीमा भएको हिन्दु मुस्लिमको झडप एक बालक घाइते बालकको पहिचान खुल्न सकेन

कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा भएको हिन्दु मुस्लिमको झडपमा परेर एक बालक घाइते भएको छ । रामनवमीको र्‍यालीमा मुस्लिम समुदायले अवरोध गरेपछि रानी क्षेत्र तनावग्रस्त बनेको थियो । राम नवमीको र्‍याली निकाल्ने क्रममा भएको झडपमा परेर एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी नवराज कार्कीले बताए । अहिले सम्म बालकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए । उक्त बालकको अहिले विराटनगर स्थित कोशी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement