लोसपाले पार्टी कार्यालयका लागि गर्‍यो कार्य विभाजन

लोक तान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले पार्टी कार्यालयका लागि नेताहरूमा कार्यविभाजन गरेको छ । लोसपाका सचिवालय सदस्यलाई दैनिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भनि जिम्मेवारी तोकिएको हो ।

सचिवालय सदस्यहरू डा सुरेन्द्र झालाई आइतबार, अभास लाभ सोमबार, मनिष मिश्र मंगलबार, बिनोदकुमार सिंह बुधबार, ज्ञानेन्द्र झा बिहीबार, निर्जला राउत शुक्रबार, पुष्पा ठाकुर र कविन्द्र ठाकुरलाई शनिबार पार्टी कार्यालयमा उपस्थित रहन पार्टीले कार्यविभाजन गरेको हो ।

त्यस्तै पार्टीको लेवी उठाउने जिम्मेवारी कोषाध्यक्ष निर्जला राउत र कविन्द्र ठाकुरलाई दिएको छ । पार्टीद्वारा विभिन्न क्षेत्रसँग समन्वय गरी कार्य सम्पादन गर्न सहजता प्रदान गर्नका लागि स्वास्थ्य क्षेत्रको जिम्मेवारी अभाष लाभ र ज्ञानेन्द्र झालाई दिएको छ भने निर्वाचन आयोगको जिम्मेवारी सुरेन्द्रकुमार झा र प्रदीप पाठकलाई दिएको हो ।

Advertisement

त्यस्तै सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी डा सुरेन्द्र कुमार झा र मनिष मिश्रलाई दिएको छ । गैर सरकारी तथा राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था सँग समन्वय गर्ने जिम्मेवारी पुष्पा ठाकुरलाई दिएको छ भने निजामती कर्मचारीसँग समन्वय गर्ने जिम्मेवारी विनोद कुमार सिंहलाई दिएको हो । त्यसैगरी उद्योग, वाणिज्य तथा व्यापारबारे समन्वय गर्ने जिम्मेवारी निर्जला राउत, कविन्द्र नाथ ठाकुरलाई दिएको छ । त्यस्तै, संघीय मन्त्रीलाई प्रत्येक शुक्रबार पार्टी कार्यालयमा उपस्थित हुन लोसपाले भनेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement