लोप हुदै गएको सिमल कटान गरेको आरोपमा तीन जना पक्राउ

जंगली सिमलको रुख कटान गरिरहेको अवस्थामा वन कर्मचारीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नम्बर ५ स्थित इटा टारका ५३ वर्षीय नरवीर भन्ने नन्दलाल विश्वकर्मा, गौशला १ स्थित रामनगर फूल चोकका ४२ वर्षे मनोजकुमार साह र गौशाला ४ रजखोरका ३१ वर्षीय जीवन सहनी रहेको माइस्थान स्थित सव डिभिजन वन कार्यालयले जनाएको हो ।

पक्राउ परेका मध्ये साह काठका ठेकेदार तथा विश्वकर्मा र सहनी मजदुर रहेको प्रा रम्भिक अनुसन्धान पछि खुलेको जनाएको हो । वन गस्तीले गौशाला नगरपालिका ८ स्थित लिख टोलबाट उनीहरुले अवैध रुपमा कटान गरेको २५० क्युबिक फिट बराबरको १४ थान सिमलका काठ र नम्बर प्लेट स्पष्ट नभएको एक थान ट्रैक्टर नियन्त्रणमा लिएको हो ।

लोपोन्मुख सिमल कटान गरिरहेको सूचनाको आधारमा सब डिभिजन वन प्रमुख कृष्णकुमार पटेल तथा सशस्त्र वन रक्षक कमाण्डर अवतार लामाको नेतृत्वमा दलबल सहित घटनास्थल पुगेको वन कर्मचारीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । वनको सुरक्षा नियन्त्रणमा रहेका काठ ठेकेदार साहले आफूले नम्बरी आवादीको रुख भएको विश्वासमा परेर लिख टोलका एकजना जग्गा धनीसँग ३९ हजारमा सिमलको रुख खरिद गरेको बताएका छन ।

Advertisement

डिभिजन वन अधिकृत डिएफओ डिभिजन वन अधिकृत अजयकुमार मिश्रले सिमलको रुख लोपोन्मुख प्रजातिमा पर्ने भएकोले वनको इजाजत नलिई नम्बरी आवादीमै भए पनि काटन गर्न नपाइने बताएका हुन । अग्लो प्रजातिको जंगली सिमल गिद्ध, चील, सारस, गडुल, सुगा, मैना, लाटोकोसेरो, वन माहुरी घारे लगायतका दुर्लभ पन्छी र अन्य जीवका वासस्थान भएकोले सोको संरक्षण प्राथमिकतामा रहेको मिश्रले बताएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement