लेवान्डोस्कीको २ गोलमा बार्सिलोनाको शानदार जित

रोवर्ट लेवान्डोस्कीले आफ्नो लय कायम राख्दै दुई गोल गरेपछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेल ग्रेडलाई ५ २ ले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगातार तेस्रो जित रहेको हो । यस्तै बेलग्रेड विरुद्धको दुई गोलपछि च्याम्पियन्स लिगमा लेवान्डोस्कीको गोल संख्या ९९ पुगेको छ । अब उनलाई च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्न एक गोल आवश्यक रहेको छ ।

३६ वर्षीय लेवान्डवस्कीले यस सिजन सबै खाले प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन् । बेलग्रेडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले ४३औं र ५३औं मिनेटमा गोल गरेका थिए । त्यसअघि इनिगो मार्टिनेजले १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

Advertisement

२७औं मिनेटमा मातोम्पा एम भुम्पाले बेलग्रेडका लागि बराबरी गोल फर्काएपछि लेवान्डोस्कीको लगागातार दुई गोलपछि बार्सिलोनाले ३ १ को अग्रता बनाएको थियो । त्यसपछि कप्तान राफिन्हाले ५५ औं र फर्मिन लोपेजले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाएका हुन ।

लगातार तेस्रो जितपछि बार्सिलोना ४ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । पहिलो खेलमै मोनाकोसँग पराजित भएको बार्सिलोनाले त्यसयता योङ ब्वाइज र बायर्न म्युनिखलाई पनि हराएका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement