लेबनानबाट तीन दिनमा ९० हजार भन्दा बढी मानिस विस्थापित

लेबनानमा तीन दिनमा ९० हजार भन्दा धेरै मानिस विस्थापित भएका छन्। सोमबार यता इजरायलको आक्रमणका कारण लेबनानमा ९० हजारभन्दा धेरै विस्थापित भएका हुन्।

संयुक्त राष्ट्रसङ्घले यो संख्या अझ बढ्नसक्ने अनुमान गरेको र लेबनानको स्वास्थ्य मन्त्रालयले हिजो भएको इजरायली हवाई आक्रमणबाट मात्रै ५० जनाको मृत्यु भएको जानकारी गराएका छन ।

यसअघि इजरायलले लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा परेर ५५९ जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना रहेको बताइएको हो।

Advertisement

यो आक्रमण हुनुअघि लेबनानका मानिसलाई एसएमएस, फोन र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो। उक्त चेतावनी लगत्तै बमबारी सुरु भएको बीबीसीले जनाएका थिए।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement