स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले शनिबार सेल्टा भिगोसँग २ २ को बराबरी खेलेको छ । दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि बार्सिलोनाले आफ्नो ठोस अग्रता गुमाएको हो र यससँगै बार्सिलोना एकै अंकमा चित्त बुझाउन बाध्य रहेको हो ।
राफिन्हाको गोलले अग्रता लिएको बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले दोस्रो गोल थपे र टिम २ ० ले अगाडि रह्यो । त्यसपछि सेल्टा भिगोका लागि एलफोन गोन्जालेजले ८४ र ह्युगो अल्भारेजले ८६ औं मिनेटमा गोल फर्काएका हुन ।
मार्क कसाडोलाई रातो कार्डमा गुमाएपछि बार्सिलोना खेलको अन्त्यतिर दस खेलाडीमा सीमित रहेको थियो । यो नतिजा पछि पनि बार्सिलोना ३४ अंकमा शीर्ष स्थान कायम राखेको छ । रियल म्याड्रिड भने २९ खेलमा दोस्रो स्थानमा रहेको हो ।