लहानमा एक महिलाले आफ्नो पाँच वर्षीय छोराको हत्या

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका–५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरिताकुमारी साहले आफ्नो पाँच वर्षीय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सूचनापछि सिरहा प्रहरीले उनलाई खोजतालस सुरु गरेको थियो ।

अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङ भित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो । प्रहरी नियन्त्रणमा रहेकी सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement