लगातार वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीस् पूर्वी भेगमा बढी प्रभाव

Background rain

देशभर अहिले सक्रिय मौसमी प्रणालीका कारण विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भइरहेको छ। पछिल्ला ६ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङमा मापन गरिएको छ, जहाँ २०० मिलिमिटरभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानहरूमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भेगको तुलनामा मध्यम र पूर्वी भेगमा वर्षा बढी परेको छ।

आज र भोलि अधिकांश प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, हिमाली भेगहरूमा हिमपात हुने सम्भावना छ। सुदूरपश्चिम लगायतका केही स्थानहरूमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Advertisement

अहिले ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement