रौतहटमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् भने इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोली द्धारा पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव रहेका हुन् ।

यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिएका हुन ।

उनका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एम एम नाइन राउण्ड’ लेखिएको छ ।

Advertisement

प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड पनि बरामद भएको हो । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement