रौतहटमा पत्नीको हत्यापछि आत्महत्याको प्रयास

रौतहटमा पतिले हाँसिया प्रहार गरी पत्नीको हत्या गरेका छन् । वृन्दावन नगरपालिका १ बलहरी गाउँका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसियाले रेटेर ३५ वर्षीय पत्नी सोतीमाया वाइबाको हत्या गरेका हुन् । बुधबार दिउँसो बागमती नदीको बगरमा घाँस काट्न गएका पति पत्नीबिच विवाद हुँदा वाइबाले हँसियाले पत्नीमाथि माथि आक्रमण गरेका थिए । उनले अत्यधिक मदिरा सेवन गरी नशामा श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । श्रीमतीको हत्या गरेलगत्तै वाइबाले घरमा आएर आफ्नो घाँटी हँसियाले रेटेर आत्महत्याका प्रयास गरेका थिए । उनलाई सिकिस्त अवस्थामा उद्धार गरी चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement