रौतहटको ईशनाथ १ का वडाध्यक्ष साहको निधन

रौतहटको ईशनाथ नगरपालिका १ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । मिर्गौला पीडित साहको बिहीबार राति निधन भएको हो ।

वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद किरण कुमार साहले वडाध्यक्ष साहको निधन प्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement