रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु, दुई घाइते

रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै लु२च ८५३१ नम्बरको कार गएराति बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेका थिए ।कार सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement