राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग

सप्तरीमा भारतीय रुपैया नोटको चरम अभाव भएको छ । भारतीय रुपैया भारु नोट खोज्दै बैंक देखी बजारका पसल पसल चहार्दै हिडेका सर्वसाधारण रित्तो हात फर्किने गरेका छन ।उपचार, शिक्षा, भारतीय बजारमा किनमेल तथा तीर्थ यात्रा लगायतका कामका लागी दैनिक सय देखी डेढ सय जना सम्म सर्वसाधारण भारतीय नोटका लागी सदरमुकाम राजविराज स्थित बैंक तथा पसलहरुमा आउने गरेका छन ।

विशेष गरी अहिले भारतको प्रयागराजमा लागेको कुम्भ मेला भर्न जान चाहने तीर्थयात्रीको संख्या ह्वातै बढेको छ । तर बजारमा भारु नोटको अभाव छोपी अबैध कारोवारीले सयकडा सात देखी नौ रुपैया सम्म बट्टा अतिरिक्त शुल्क लिने गरेको उनीहरुको गुनासो छ । विगतमा राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारका सुविधाका लागी भारु सटही काउन्टर नै खोली सेवा प्रदान गर्दै आएको थियो । बैंकले घरकाजका लागी भन्दै प्रति निवेदन १ हजार पाँच सय र उपचारका लागी पाँच हजार पाच हजार भारु दिदै आएको थियो । तर सो सुविधा बैंकले विगत ८ वर्ष देखी बन्द गर्दा सर्वसाधारण मारमा परेका छन ।

आईतवार राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले उक्त सटही काउन्टर सेवा पुनःसंचालनको माग गर्दै यहाँ स्थित राष्ट्रिय बाणिज्य बैंकलाई ज्ञापन पत्र बुझाएको छ । उक्त पार्टीका जिल्ला संयोजक दिपेन्द्र कुमार चौधरी तथा केन्द्रिय नेता गजेन्द्र मण्डल सहितको टोलीले बैंकका सहायक प्रबन्धक दिनेश खडगालाई बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र बन्द रहेको भारु सटही काउन्टर पुनः संचालन गर्न माग गरिएको छ ।

Advertisement

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement